सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र विवेकहीन : अनलाइन टिभी पत्रकार सङ्घ
सारांश
- अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले सरकारको सामाजिक सञ्जालसम्बन्धी निर्णयलाई अपरिपक्व र विवेकहीन भनेका छन्।
- भण्डारीले सामाजिक सञ्जाल बन्द गर्नु प्राविधिक रूपमा सम्भव नभएको र व्यक्तिगत डेटा जोखिममा पर्ने चेतावनी दिएका छन्।
- यस निर्णयले डिजिटल भविष्यमा नकारात्मक असर पार्ने, रोजगारी घट्ने र विश्वव्यापी कम्पनीहरूलाई असुरक्षित सन्देश जाने उनको भनाइ छ।
काठमाडौँ । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सरकारले सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार गरेको निर्णय अपरिपक्व र विवेकहीन भएको बताएका छन् ।
उनले बिहीबार जारी गरेको विज्ञप्तिमा पूर्ण रूपमा सामाजिक सञ्जाल बन्द गर्नु प्राविधिक रूपमा सम्भव नभएको र भिपिएनमार्फत सजिलै प्रयोग गर्न सकिने भएकाले प्रयोगकर्ताको व्यक्तिगत डाटा जोखिममा पर्ने, वित्तीय कारोबार असुरक्षित हुने र इन्टरनेट सेवा महँगो हुने चेतावनी समेत दिइएको छ ।
भण्डारीले यो निर्णयले देशको डिजिटल भविष्यमा दीर्घकालीन नकारात्मक असर पुर्याउने, रोजगारी र रेमिट्यान्समा गिरावट आउन सक्ने र विश्वव्यापी सूचना प्रविधि कम्पनीहरूलाई असुरक्षित सन्देश जाने बताए ।
सार्वजनिक छलफल, विज्ञको राय र कानुनी प्रक्रिया बिना गरिएको निर्णयले केवल तत्काल समाधान नदिने, बरु जोखिम बढाउने भएकाले सरकारले परिपक्व र संवादमूलक प्रक्रिया अपनाउनुपर्ने भण्डारीको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण