सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लोकतान्त्रिक मूल्यको विरुद्ध: मेयर रेणु दाहाल
शुक्रबार, २० भदौ २०८२, ०० : ३४
सारांश
- भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेकी छिन्।
- उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारमाथिको प्रहार भएको बताइन्।
- मेयर दाहालले नियमनको नाममा नियन्त्रण नगर्न र उपयुक्त कानुन बनाउन सरकारलाई आग्रह गरिन्।
काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषयमा आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेकी छन्।
दाहालले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नियमनको नाममा नियन्त्रण गर्ने प्रयास गलत भएको बताएकी हुन्। उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा अल्झिएको अवस्थामा प्रतिबन्ध लगाउने निर्णय अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि कुठाराघात हुने बताएकी छिन् ।
‘नियन्त्रण होइन, नियमन भने गर्नै पर्छ,’ उनले लेखेकी छन्, ‘प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्य-मान्यताको विरुद्ध हो।’
मेयर दाहालले सरकारले छिटो कानुनी निष्कर्षमा पुगेर सामाजिक सञ्जालसम्बन्धी उपयुक्त कानुन बनाउनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न आग्रह गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण