सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, २० भदौ २०८२, १० : ३५
सारांश
- सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
- विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
- दुर्घटनापछि अनियन्त्रित ट्रक घरमा ठोक्किँदा घरको गारो भत्किएको छ, र २० वटा पन्छी मरेका छन्।
सिन्धुली । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले आज बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको हो । दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छभने घरपालुवा २० वटा पन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण