मेस्सीले इक्वेडरविरुद्धको खेल नखेल्ने
सारांश
- लियोनेल मेस्सीले इक्वेडरविरुद्धको खेल नखेल्ने पक्का गरेका छन्।
- उनले आराम गर्न चाहेको र चोटबाट पूर्ण रूपमा निको हुन चाहेको बताए।
- मेस्सीले २०२६ को विश्वकप खेल्ने वा नखेल्नेबारे अहिले नै केही बताउन चाहेनन्।
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले इक्वेडरविरुद्धको खेल नखेल्ने पुष्टि गरेका छन् ।
मेस्सी विश्वकप छनोट खेल्न इक्वेडरको यात्रा गर्ने छैनन् । भेनेजुएलाविरुद्ध अर्जेन्टिनाको ३–० को जितमा दुई गोल गरेपछि मेस्सीले सञ्चार माध्यमसँग कुरा गर्दै आफू इक्वेडरसँगको खेल नखेल्ने बताए ।
‘म अहिले आरामा गर्न चाहन्छु । चोटबाट निको भएर फर्केपनि मलाई अझै धेरै आरामको खाँचो छ,’ मेस्सीले भने ।
मेस्सीले विश्वकप खेल्ने बारे भने अहिले नै नभन्ने बताएका छन् । सबैको प्रश्न आफूले सन् २०२६ को विश्वकप खेल्ने या नखेल्ने भन्ने आउँदा कुनै जवाफ दिन नमिल्ने बताए ।
‘मैले जहिले पनि समयलाई पर्खिन आग्रह गरेको छु । त्यो समयमा के हुन्छ भन्ने छ । त्यसैले अहिले केही जवाफ दिने छैन्,’ मेस्सीले भनेजुएलासँगको खेलपछि भने ।
अर्जेन्टिनाले सेप्टेम्बर १० मा इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण