मानवअधिकार आयोगले भन्यो– सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
- आयोगका अनुसार, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले लोकतान्त्रिक मूल्य र मौलिक अधिकारमा प्रतिकूल असर पार्नेछ।
- आयोगले अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकमा सङ्कुचन आउने भन्दै वैकल्पिक उपाय खोज्न जोड दिएको छ।
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूमाथि प्रतिकूल असर पार्ने चेतावनी दिइएको छ ।
आयोगका अनुसार, सामाजिक सञ्जालहरू लामो समयदेखि सञ्चार र जनजीवनको अभिन्न अङ्ग बनेका छन् । तसर्थ, नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आम उपभोक्तामा प्रत्यक्ष असर पर्ने मात्र नभई संविधानको धारा १७, १९ र २७ मा प्रत्याभूत अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकमा समेत सङ्कुचन ल्याउने देखिन्छ ।
आयोगले यस कदमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्र, १९६६ मा उल्लिखित अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँग समेत मेल नखाने प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण