पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
सारांश
- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पहिलो विदेशी अतिथिका रूपमा स्वागत गर्ने भएका छन् ।
- बर्नहम र जेलेन्स्कीले बेलायतको नौसैनिक अड्डामा भेटवार्ता गरी युक्रेनी सशस्त्र बलको क्षमता अभिवृद्धि गर्ने सैनिक प्रशिक्षण कार्यक्रमबारे जानकारी लिनेछन् ।
- प्रधानमन्त्री बर्नहमले युक्रेनको समर्थनमा बेलायत अडिग रहने र न्यायपूर्ण शान्ति नभएसम्म पछि नहट्ने बताएका छन् ।
लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो कार्यकालको पहिलो विदेशी अतिथिका रूपमा स्वागत गर्ने भएका छन् ।
डाउनिङ स्ट्रिटका अनुसार बर्नहम र जेलेन्स्कीले बेलायतको एक नौसैनिक अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूले बेलायतको नेतृत्वमा सञ्चालन भइरहेको सैनिक प्रशिक्षण कार्यक्रमबारे जानकारी लिनेछन्, जसले युक्रेनी सशस्त्र बलको क्षमता अभिवृद्धि गर्नुका साथै युद्धभूमिमा प्रभावकारी परिणाम दिन सहयोग गरिरहेको बताइएको छ ।
प्रधानमन्त्री बर्नहमले जारी गरेको वक्तव्यमा बेलायत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएको र आफ्नो समर्थन अडिग रहने उल्लेख गरेका छन् ।
रुसले बेलायतको दृढ अडानबारे कुनै शंका नराख्नुपर्ने भन्दै युक्रेनका लागि दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना नभएसम्म बेलायत पछि नहट्ने उनलेस्पष्ट पारे । भ्रमणका क्रममा बर्नहम र जेलेन्स्कीले बेलायतमा पछिल्ला तीन सातादेखि प्रशिक्षण लिइरहेका दुई सयभन्दा बढी युक्रेनी सैनिक र नौसैनिकसँग पनि भेट गर्नेछन् । उनीहरू ब्ल्याक सी क्षेत्रमा भविष्यमा सञ्चालन हुने सम्भावित अभियानका लागि तयार पार्न आयोजित एक्सरसाइज सी ब्रीज नामक समुद्री सुरक्षा तथा समुद्री बारुद निष्क्रिय पार्ने अभ्यासमा सहभागी भएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता बेलायतले युक्रेनलाई कुल २५ अर्ब पाउन्ड बराबरको सहयोग उपलब्ध गराइसकेको छ । यसमध्ये १६ अर्ब पाउन्ड सैन्य सहायता र ५ दशमलव ६ अर्ब पाउन्ड गैरसैन्य सहयोग रहेको छ ।
यसअघि पूर्वप्रधानमन्त्री कीर स्टार्मरले पदबाट हट्नुअघि यसै महिनाको सुरुआतमा युक्रेनको राजधानी किएभ भ्रमण गरेका थिए । त्यस अवसरमा उनले युक्रेनलाई स्विडेनमा निर्मित १६ वटा ग्रिपेन लडाकु विमानको एक स्क्वाड्रन सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराउन ३० करोड युरो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण