बङ्गलादेशलाई हराउन सक्छौँ : प्रशिक्षक म्याट रस
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा भोलि शनिबार बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको नेपाल घरेलु मैदानमा सहज जित निकाल्ने योजनामा हुनेछ ।
मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा घरेलु टोलीका लागि महत्त्वपूर्ण भएको बताए । शुक्रबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा उनले बङ्गलादेशको टोली बलियो भएको बताउँदै आफूहरू कुनै पनि कुरामा नचुक्ने बताए ।
‘हाम्रो तयारी राम्रो छ । घरेलु दर्शकको अगाडि खेल्दा उत्कृष्ट प्रतिस्पर्धा गर्नेछौँ । हामीमा जितको ऊर्जा छ, बङ्गलादेशलाई हराउन सक्छौँ’ प्रशिक्षक रसले भने ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि टोलीको तयारी राम्रो भएको बताए । ‘मैले अधिकांश प्रशिक्षणहरूमा भाग लिन सकिनँ, तर टोलीको तयारी राम्रो छ । म पनि खेलका लागि पूर्ण रूपमा तयार छु । घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित छु र खेल रोचक हुने आशा छ,’ उनले भने ।
नेपाल र बङ्गलादेशबिचको पहिलो खेल शनिबार साँझ ५ः३० बजे दशरथ रङ्गशालामा हुनेछ भने दोस्रो खेल मंगलबार हुनेछ ।
विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ । दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण