सामाजिक सञ्जाल प्रतिबन्धका कारण ‘कमेडी दरबार’ युट्युबमा प्रसारण हुन सकेन
शनिबार, २१ भदौ २०८२, ०० : ५१
१
सारांश
- लोकप्रिय हास्य कार्यक्रम 'कमेडी दरबार' सामाजिक सञ्जाल प्रतिबन्धका कारण युट्युबमा सार्वजनिक भएन।
- कार्यक्रम टिमले सरकारको युट्युब बन्द गर्ने निर्णयका कारण एपिसोड प्रसारण हुन नसकेको जनाएको छ।
- टिमले दर्शकहरुसँग क्षमायाचना गर्दै निरन्तरको समर्थनका लागि धन्यवाद दिएको छ।
काठमाडौँ । लोकप्रिय हास्य–व्यङ्ग्यात्मक कार्यक्रम ‘कमेडी दरबार’ सामाजिक सञ्जाल प्रतिबन्धका कारण निर्धारित मितिमा युट्युबमार्फत सार्वजनिक हुन सकेन।
टिमले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै सरकारले युट्युब सहित सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको कारण शुक्रबारकाे एपिसोड प्रसारण हुन नसकेको जनाएको हाे
“सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन। हाम्रा दर्शक–श्रोतासँग क्षमा प्रार्थना गर्दछौँ,” टिमले जारी गरेको सूचनामा भनेको छ।
आज (शुक्रबार) सार्वजनिक गर्ने तय गरिएको नयाँ एपिसोड रोकिएकोमा टिमले दुःख व्यक्त गर्दै दर्शक-श्रोताको निरन्तर समर्थनका लागि धन्यवादसमेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण