बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपका लागि छनोट हुने पहिलो अफ्रिकी टोली बन्यो मोरक्को

शनिबार, २१ भदौ २०८२, ०८ : २०
शनिबार, २१ भदौ २०८२

सारांश

  • मोरक्कोले नाइजरलाई ५-० गोलले पराजित गर्दै २०२६ को फिफा विश्वकपमा स्थान पक्का गर्यो।
  • अफ्रिकन समूह 'ई' मा मोरक्को दुई खेल अगावै विजेता बन्दै विश्वकपमा छनोट भयो।
  • इजिप्टले इथियोपियालाई २-० गोलले हरायो, जसमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गरे।

रबात । अफ्रिकाबाट सन् २०२६ को फिफा विश्वकपमा छनोट हुने पहिलो राष्ट्र मोरक्को बनेको छ। शुक्रबार राति भएको खेलमा मोरक्कोले नाइजरलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यससँगै विश्वकप छनोटअन्तर्गत अफ्रिकन समूह ‘ई’ मा मोरक्कोले दुई खेल अगावै आफ्नो समूहको विजेता बनेको छ। कतारमा भएको २०२२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्कोलाई अघिल्लो चरणमा पुग्न तीन अंकको आवश्यकता थियो। यसै समूहमा शुक्रबार तान्जानिया र कंगो-ब्राजाभिलबीचको खेल १-१ को बराबरीमा सकिएपछि मोरक्कोलाई थप सहज बनेको थियो।

यसैबिच, अर्को खेलमा मोहम्मद सलाह र ओमर मारमोसको गोलको सहयोगमा इजिप्टले इथियोपियालाई २-० गोलअन्तरले पराजित गरेको छ। कायरोमा भएको खेलमा लिभरपुलका स्ट्राइकर सलाहले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा नै ओमर मारमोसले अर्को पेनाल्टीलाई गोलमा परिणत गर्दै इजिप्टको जित सुनिश्चित गरे।

यो जितसँगै इजिप्ट आफ्नो समूह 'ए' मा ५ अंकको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहेको छ। अब मंगलबार बुर्किना फासोविरुद्धको खेलमा जित हासिल गरे इजिप्ट पनि सन् २०१८ पछि पहिलो पटक विश्वकपमा फर्कनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप