एमालेको विधान महाधिवेशन : प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन
शनिबार, २१ भदौ २०८२, ११ : ५०
सारांश
- एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १० समूह विभाजन गरियो।
- महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेस भएपछि समूह विभाजन घोषणा गरिएको हो।
- ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधनमाथि छलफल हुनेछ।
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ ।
महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ ।
यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रतिवेदन प्रस्तुत भएको थियो । महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ ।
महाधिवेशनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण