बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु

शनिबार, २१ भदौ २०८२, १२ : २७
शनिबार, २१ भदौ २०८२

सारांश

  • हेटौँडा उपमहानगरपालिका-१५ कमेरोपानीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा हेटौँडा-१६ का ३७ वर्षीय बुद्धबहादुर प्रजा रहेका छन्।
  • उनी स्थानीय पसलमा सामान किन्न गएको बेला चट्याङ लागेको थियो, शव परीक्षणका लागि अस्पताल लगिएको छ।

हेटौँडा । चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर  हेटौँडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप