कांग्रेसले भन्यो : कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू
सारांश
- नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द नगर्ने निर्णय गरेको छ।
- पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले सरकारको 'पोजिसन' बुझेर अगाडि बढ्ने निर्णय गरेको छ।
- बैठकले आगामी कात्तिक १७ गते मनाङमा हुने उपनिर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्यो।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ ।
आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय गरेको नेता बलबहादुर केसीले जानकारी दिए ।
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे बैठकमा छलफल भयो । सर्वोच्च अदालतले कानुन बनाएर मात्रै सञ्चालन गर्न दिने भन्ने परमादेश दिएको भन्ने कुरा आएको छ । त्यसैले सर्वोच्चको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म बन्दमा कडाइ नगर्ने भन्ने निर्णय भएको छ,’ नेता केसीले रातोपाटीसँग भने, ‘यसमा सरकारको ‘पोजिसन’ के हो ? त्यो पनि बुझेर अगाडि बढ्ने भन्ने कुरा भएको छ ।’
बैठकले आगामी कात्तिक १७ गते मनाङको प्रदेशसभामा हुन लागेको उपनिर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय पनि गरेको केसीले जानकारी दिए ।
सरकारले गत बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
दर्ता नभएका सामाजिक सञ्जालको विषयमा सर्वोच्च अदालतले सरकारलाई कानुन बनाएर नियमन गर्न परमादेश दिएको छ । त्यही परमादेशलाई कार्यान्वयन गर्न भन्दै सरकारले कानुन नबनाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको हो । त्यसको चौतर्फी विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण