सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपराध

बौद्धमा जित मोक्तानलाई खुकुरी हान्ने मुख्य नाइके पक्राउ

आइतबार, २२ भदौ २०८२, ११ : ३०
आइतबार, २२ भदौ २०८२

सारांश

  • बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने मुख्य नाइकेसहित ३ जना पक्राउ परेका छन्।
  • मुख्य नाइके लोप्साङ लामा तामाङलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।
  • जित मोक्तानमाथि खुकुरी प्रहार भएपछि मोक्तान पक्षका मानिसले अशोक तामाङलाई आक्रमण गरेका थिए।

काठमाडौँ । काठमाडौँको बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने मुख्य नाइकेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ मा राति ९ बजेर ५५ मिनेटमा मोटरसाइकलमा हिँडिरहेकै अवस्थामा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–१० घर भएर नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तान माथि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहार गर्ने मुख्य नाइके लोप्साङ लामा तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा लोप्साङसहित ३ जना छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने २५ वर्षीय लोप्साङलाई भारतको नयाँ दिल्लीमा पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी स्रोतले जनाएको छ । तर, एसएसपी बस्नेतले आरोपीहरूलाई महेन्द्रनगरबाट पक्राउ गरिएको दाबी गरे ।

खुकुरी प्रहार भएको भोलिपल्ट जित मोक्तान पक्षका मानिसहरूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५३ वर्षीय अशोक तामाङलाई आक्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप