निजामती विधेयक कर्मचारीहरूको माग समेट्दै राजनीतिक सहमतिमै पारित हुनेछ : उपप्रधानमन्त्री सिंह
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीहरूलाई सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आग्रह गरे।
- निजामती सेवा दिवसमा सिंहले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न निजामती प्रशासनको भूमिका महत्त्वपूर्ण हुने बताए।
- उनले निजामती सेवा सम्बन्धी विधेयक छिट्टै पारित हुने विश्वास व्यक्त गरे, जसले प्रशासनिक संघीयतालाई सुदृढ गर्नेछ।
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
निजामती सेवा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले समृद्ध नेपाल ः सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताए । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले सोहीअनुरूप आफूलाई समायोजन , अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको सिंहको भनाइ छ ।
‘मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी हो,’ उपप्रधानमन्त्री सिंहले भने,‘आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामती कर्मचारीहरूको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास लिएको छु ।’
उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन,सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताए।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुगाको रूपमा अपेक्षा गरिएको निजामती सेवासम्बन्धि विधेयक कर्मचारीहरूको माग र भावना समेट्दै् राजनीतिक दलहरूको सहमतिमा सांसदबाट छिटै पारित हुने विश्वास पनि व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण