ट्रक महासङ्घको अधिवेशन मङ्सिर अन्तिममा गर्ने निर्णय
सारांश
- नेपाल ट्रक यातायात व्यवसायी महासंघले मंसिरमा अधिवेशन गर्ने निर्णय गरेको छ।
- महासंघको बैठकले ओभरलोड ट्रकका कारण सडक र पुलमा क्षति पुगेको निष्कर्ष निकाल्यो।
- महासंघले ओभरलोड नियन्त्रणका लागि गृह मन्त्रालय लगायतका निकायलाई पत्राचार गरेको छ।
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मङ्सिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ। शनिबार बसेको महासङ्घको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो ।
बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानुनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पुर्याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले तौलपुलमार्फत नियमित जाँच भइरहे पनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ट्रकहरू बारम्बार ओभरलोड गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न विभिन्न निकायमा आउँदो दिनमा थप लबिङ गर्ने जानकारी दिए ।
उनले मापदण्डभन्दा बढी सामान बोकेका सवारी साधनलाई निर्देशिका २०७४ अनुसार तुरुन्तै अनलोड गराई सोही ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
यसका लागि महासंघले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेको जानकारी पनि बैठकमा दिइएको थियो।
महासंघले प्रस्तुत गरेको प्रस्तावअनुसार अत्यधिक भारवहन गर्ने ट्रकबाट सामान अनिवार्य रूपमा अनलोड गराई ट्रकलाई कारबाहीका लागि चलान गर्ने व्यवस्था लागू गरिएमा यस्ता अनियमितता नियन्त्रणमा आउने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण