एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ पुनः नियुक्त
आइतबार, २२ भदौ २०८२, १४ : ५१
सारांश
- एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ पुनः नियुक्त भएका छन्।
- उनको नयाँ कार्यकाल आउँदो असोज ८ गतेदेखि सुरु हुनेछ।
- खालिङको नेतृत्वमा बैंकले कम निष्क्रिय कर्जा र धेरै लाभांश दिने क्षमता हासिल गरेको छ।
काठमाडौँ । एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले खालिङलाई अर्को ४ वर्षका लागि पुनः नियुक्ति गरिएको हो ।
उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि लागू हुनेछ । खालिङ २०७८ भदौमा पहिलो नेपाली सीईओको रूपमा एभरेस्ट बैंकमा प्रवेश गरेका थिए । चार वर्षको अवधिमा उनले बैंकलाई गुणात्मक रूपमा उत्कृष्ट बैंकको रूपमा स्थापित गर्न सफल भएका छन् ।
यो आवमा बैंकिङ क्षेत्रमध्येकै सबैभन्दा कम निष्क्रिय कर्जा र सबैभन्दा धेरै लाभांश दिने क्षमता भएको बैंक बन्न सफल समेत भएको छ । बैंकले यो वर्ष २० प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकको अपरिष्कृत वित्तीय विवरणमा ३८ प्रतिशत नाफा बाँड्ने क्षमता रहेको उल्लेख गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण