लन्डनमा शिव मन्दिरको सहयोगार्थ च्यारिटी डिनर, २० हजार पाउण्ड सङ्कलनको अपेक्षा
सारांश
- अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले मन्दिर विस्तारका लागि च्यारिटी डिनर कार्यक्रम गर्यो।
- कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत र स्थानीय सांसदले मन्दिरको प्रशंसा गरे।
- कार्यक्रममा पुराना नेपाली कलाकारहरूलाई सम्मान गरियो र 'शिव दर्शन' स्मारिका सार्वजनिक गरियो।
लन्डन । बेलायतको अल्डरसटमा रहेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले हालै एक च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम मन्दिर विस्तारको लागि सहयोग जुटाउन र बेलायतमा रहेका पुराना नेपाली कलाकारहरूलाई सम्मान गर्न आयोजना गरिएको थियो ।
करिब ५०० जनाको उपस्थिति रहेको कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत चन्द्र कुमार घिमिरे, अल्डरसटका सांसद अलेक्स बेकर र मेयर क्यालम स्टेवार्टले मन्तव्य व्यक्त गर्दै मन्दिरको धार्मिक, सामाजिक र परोपकारी कार्यको प्रशंसा गरे ।
सेन्टरका अध्यक्ष विक्रम भट्टराईले सन् २०१८ मा मन्दिर खरिद गरिएको र गत वर्ष ३ लाख पाउण्डमा छिमेकी घर किनेर पण्डितहरूको निवासको व्यवस्था गरिएको जानकारी दिए । यस च्यारिटीबाट करिब २० हजार पाउण्ड बचत हुने अपेक्षा गरिएको छ । उनले ३९ हजार पाउण्डको कुल प्रतिबद्धतामध्ये ६ हजार पाउण्ड प्रायोजकबाट, ९ हजार पाउण्ड भक्तजनको योगदानबाट र बाँकी रकम टिकट बिक्रीबाट सङ्कलन भएको बताए ।
कार्यक्रममा सङ्गीतकार विक्रम गुरुङ, दिनेश सुब्बा, नेपथ्यका पूर्व सदस्य रबीन श्रेष्ठ र ८४ वर्षीय गायक वीरबहादुर थापालगायतले लाइभ प्रस्तुति दिएका थिए । मन्दिरले अग्रज कलाकारलाई अवसर दिनु र सम्मान गर्नु आफ्नो दायित्व भएको अध्यक्ष भट्टराईले बताए ।
यस अवसरमा मन्दिर स्थापनाकालदेखि सहयोग गर्दै आएका विभिन्न व्यक्तिहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । मन्दिरको १६ वर्षे इतिहासलाई समेटेर ‘शिव दर्शन’ नामक स्मारिका पनि लोकार्पण गरिएको थियो, जसको प्रधान सम्पादक संरक्षक रोहित गुरुङ हुन् ।
हाल मन्दिरमा आचार्यद्वय मधुसुदन सत्याल र राजकुमार धितालले नियमित पूजाआजा र धार्मिक कर्मकाण्ड गराउँदै आएका छन् । मन्दिरले नेपाली चाडपर्वहरू पनि मनाउँदै आएको छ र यसले बेलायतमा रहेका नेपाली समुदायलाई धार्मिक र सांस्कृतिक गतिविधिहरूमा एकजुट बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण