जेनजीको प्रदर्शन, माइतीघरमा सुरक्षा व्यवस्था कडा, तस्बिरहरू
सारांश
- आज काठमाडौंको माइतीघर मण्डलामा जेनजीको प्रदर्शन हुँदैछ, जसका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।
- भ्रष्टाचारविरुद्धको प्रदर्शनको सुरक्षाका लागि एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन हुनेछ।
- सुरक्षाका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि खटाइनेछन्।
काठमाडौँको माइतीघर मण्डलामा आज हुने जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भ्रष्टाचारविरुद्ध हुन लागेको यो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको छ।
_r0yHzKP53b.jpg)
उच्च तहका अधिकारी परिचालन: माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्नेछन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइनेछन्।
_W0dciC1FZO.jpg)
अन्य सुरक्षा निकाय: सशस्त्र प्रहरी बलको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्व गर्नेछन्। यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिनेछ।
_cT5oOkNeC6.jpg)
प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ। भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलताका कारण परिचालित गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरिएको छैन, तर काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन गरिने अनुमान छ। माइतीघर क्षेत्रमा मात्रै ५ सय प्रहरी खटाइने बताइएको छ।
_BrzWe5vK6B.jpg)
_tEAhVSh4OF.jpg)
_y7sq0y1jXr.jpg)
_0bt6S9yozO.jpg)
_Z5s7O2C62m.jpg)
_PrUFZUh1zY.jpg)
_eRPC6Yo6Ga.jpg)
_bxbwKeg1Iy.jpg)
_S5ewGZjzdF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण