भाद्र २३
ठिक, २० वर्ष अगाडी
आजैका दिन
यही समय
यही मौसम
यही ऋतुको सङ्घार
यही उषाको लालीमा
र मिर्मिरेको सूर्योदयसँगै
५० भाइको मुहारमा
चमक-चमक
आभा प्रतिबिम्बित भइरहँदा
कोही पूर्वबाट थियौँ
कोही पश्चिमबाट
कोही उत्तरबाट थियौँ
र कोही दक्षिणबाट ।
((१))
जो जहाँबाट भए पनि
हिमालबाट आए पनि
पहाडबाट झरे पनि
तराईबाट भए पनि
टप्प-टप्प
हरेक मखमलीहरू
बेली-चमेलीहरु
र सयपत्रीहरू
एउटै डालोमा टिपेर
दुई हजार बैसठ्ठी,
भाद्र २३ ले मिलाएको थियो
सप्तरङ्गी फुलको अलंकृत
र उनेको थियो,
नेपाल प्रहरीको अखण्डित धागोमा ।
((२))
भाद्र २३
कोटीकोटी कामना छ
तिमीले गाँसेको माला
उनेका सप्तरङ्गी फुलहरू
कतै नओइलाउन्,
कहिले नझरुन्
कहिले नसुकुन्
सधैँ फुलिरहुन्
चिरकाल पर्यन्त
र मगमगाई रहुन्
नेपाल प्रहरीको आँगनमा
नेपाली जनको नयनमा
हामी सबैलाई
२१औँ वर्षगाँठको शुभकामना !!
मानव वेचविखन अनुसन्धान ब्यूरो, बवरमहल, काठमाण्डौं ।
(कुँवर नेपाल प्रहरीका एसपी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण