शिवम् सिमेन्टको नो कमप्रोमाइज अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक
सारांश
- शिवम् सिमेन्टले 'समयको मामलामा नो कमप्रोमाइज' शीर्षकको तेस्रो भिडियो सार्वजनिक गरेको छ।
- भिडियोमा समयको महत्वलाई दर्शाउँदै दुई साथीको कथा प्रस्तुत गरिएको छ।
- कम्पनीले गुणस्तरमा सम्झौता नगर्ने नीति लिँदै जनचेतना फैलाउने उद्देश्य राखेको छ।
काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कमप्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ। यो भिडियोमा समयको महत्त्वलाई दर्शाउँदै "समयको मामलामा नो कमप्रोमाइज" भन्ने सन्देश दिइएको छ। यसमा दुई साथीको कथा देखाइएको छ, जहाँ एक जना समयमै एयरपोर्ट पुगेर आफ्नो उडान समात्छ भने अर्कोले उडान ढिला हुन्छ भन्दै लापरबाही गर्छ, तर जहाज निर्धारित समयमै उड्न लागेको हुन्छ।
यसभन्दा अगाडि, यो क्याम्पेनको पहिलो भिडियोमा "कर्तव्यको मामलामा नो कमप्रोमाइज" भन्ने सामाजिक सन्देश दिइएको थियो। उक्त भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवन देखाइएको थियो। त्यस्तै, दोस्रो भिडियोमा "सर्तकताको मामलामा नो कमप्रोमाइज" भन्ने सन्देश दिइएको थियो, जसले घरबेटी र भाडावालको कथा मार्फत मानिसहरूलाई सतर्क रहन प्रेरित गरेको थियो।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापनमा मात्र सीमित नभएर समाजमा उत्तरदायित्व र जनचेतना फैलाउने उद्देश्यमा केन्द्रित रहेको छ। कम्पनीले "नो कमप्रोमाइज भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ" भन्ने सन्देश मार्फत आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई जोड दिएको छ।
कम्पनीले आफ्नो स्थापनाकालदेखि नै केवल ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्टले "गुणस्तरको पहिचान हो शिवम्" र "भरोसा अटुट सम्बन्धको" जस्ता नाराहरूलाई आत्मसात् गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण