शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा विदेशीले रुचाएका यी हुन् मुख्य लगानीका क्षेत्रहरू

सोमबार, २३ भदौ २०८२, १३ : १९
सोमबार, २३ भदौ २०८२

सारांश

  • नेपालमा विदेशी लगानीकर्ताहरूले मुख्य रूपमा विद्युत्, उत्पादनमूलक र वित्तीय सेवा क्षेत्रमा लगानी गरेका छन्।
  • विद्युत् क्षेत्रमा सबैभन्दा धेरै ९८ अर्ब ३३ करोड रुपैयाँ लगानी भित्रिएको छ, जुन कुल लगानीको झन्डै २९.५ प्रतिशत हो।
  • उत्पादनमूलक क्षेत्रमा ९७ अर्ब ५६ करोड र वित्तीय क्षेत्रमा ८१ अर्ब ३९ करोड रुपैयाँ लगानी रहेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ । नेपालमा लगानी गर्न विदेशीको मुख्य रोजाइमा तीनवटा क्षेत्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार यो अवधिमा विद्युत्, उत्पादनमूलक वित्तीय सेवा क्षेत्रमा मुख्य लगानी रहेको देखिएको हो । 

यसमध्ये विद्युत्को क्षेत्रमा ९८ अर्ब ३३ करोड रुपैयाँ लगानी भित्रिएको छ । यो हालसम्म कायम रहेको कुल लगानी ३ अर्ब ३२ अर्ब रुपैयाँको झन्डै २९.५ प्रतिशत बराबरको हो । 

त्यस्तै, दोस्रोमा रहेको उत्पादनमूलक क्षेत्रमा ९७ अर्ब ५६ करोड अर्थात् २९.३ प्रतिशत तथा वित्तीय क्षेत्रमा ८१ अर्ब ३९ करोड रुपैयाँ अर्थात् २४.४ प्रतिशत लगानी रहेको छ । 

यीबाहेक आवास तथा खाद्य सेवामा २६ अर्ब ९० करोड अर्थात् ८.१ प्रतिशत तथा सूचना तथा सञ्चार क्षेत्रमा २१ अर्ब ७२ करोड रुपैयाँ अर्थात् ६.५ प्रतिशत बराबरको लगानी प्राप्त भएको छ । 

राष्ट्र बैंकका अनुसार शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, निर्माण, कृषि वन तथा मत्स्यपालन, खानी, ढुवानी तथा भण्डारण क्षेत्र त्यसपछि क्रमशः प्रमुख रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप