रुपन्देहीमा कर्फ्यु आदेश जारी
सारांश
- रुपन्देही जिल्ला प्रशासनले बुटवल-भैरहवा क्षेत्रमा जेनजीको आन्दोलनका कारण कर्फ्यु आदेश जारी गरेको छ।
- स्थानीय प्रशासन ऐन, २०२८ प्रयोग गर्दै सीडीओ टोकराज पाण्डेले आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाएका हुन्।
- कर्फ्यु अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
बुटवल । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।
प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।
नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ। कर्फ्युको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ।
यी क्षेत्रमा कर्फ्यु लागू-
बुटवल क्षेत्र
पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म
पश्चिममा बेलवास चोकसम्म
उत्तरमा चिडिया खोलासम्म
दक्षिणमा मंगलापुर सम्म
भैरहवा क्षेत्र
पूर्वमा रोहिणी खोला पुलसम्म
पश्चिममा बेथरी पुलसम्म उत्तरमा बुद्धचोक सम्म दक्षिणमा मेउडीहवासम्म
बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटरसम्म

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण