‘व्यक्तिगत स्वार्थभन्दा उठ्न नसकेको मेरो देश, मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली’
काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव तथा पूर्व राष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै देशको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक पोस्टमा ‘शहीद’ र ‘मृत्यु’ को परिभाषामाथि नै गम्भीर प्रश्न उठाएका छन्।
खड्काले आफ्नो पोस्टमा लेखेका छन्, ‘हाम्रो देश, नामको देश, जता हेरे, त्यतै निराशा, कामभन्दा भाषण बढी।’ उनले देशमा सही र गलतको मूल्याङ्कन गर्ने सामाजिक मानसिकता हराउँदै गएको र हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ मात्र हाबी भएकोमा दुःख व्यक्त गरेका छन्।
प्रदर्शनकारीको मृत्युमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले लेखेका छन्, ‘मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली। शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण