‘जेन जी’ प्रदर्शन : चितवनमा २ राउन्ड हवाई फायर
सारांश
- चितवनमा 'जेन जी' समूहको प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर र ३२ सेल अश्रुग्यास प्रहार गरियो।
- प्रदर्शनकारीहरूले भरतपुर महानगरपालिकाको कार्यालयमा तोडफोडको प्रयास गरे, जसमा १५ सुरक्षाकर्मी र २ प्रदर्शनकारी घाइते भए।
- आन्दोलनका क्रममा ८ जना प्रदर्शनकारी, ७ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी घाइते भए, र २५ पुरुष र २ महिलालाई नियन्त्रणमा लिइयो।
चितवन । ‘जेन जी’ प्रदर्शनका क्रममा चितवनमा २ राउन्ड हवाई फायर गरिएको छ । सोमबार भएको ‘जेन जी’ समूहको प्रदर्शनमा चितवनमा स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर र ३२ सेल अश्रुग्यास प्रहार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज नयाँ पुस्ताको ‘जेन जी’ समूहले जिल्ला प्रशासन कार्यालयअगाडि गरेको प्रदर्शनका क्रममा स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हिंसात्मक बन्न पुग्दा १५ सुरक्षाकर्मी र २ जना प्रदर्शनकारी घाइते भएका छन् ।
‘जेन जी’ समूहका प्रदर्शनकारीहरूले नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । प्रशासनका अनुसार प्रदर्शनकारीहरूले भरतपुर महानगरपालिकाको कार्यालयमा तोडफोड समेत प्रयास गरेका थिए ।
आन्दोलनका क्रममा ८ जना प्रदर्शनकारी, नेपाल प्रहरीका ७ जना र ७ जना सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी गरी जम्मा २२ जना घाइते भएका छन् । तीमध्ये ८ जना चितवन मेडिकल कलेजमा उपचाररत रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । प्रदर्शनका क्रममा २५ पुरुष र २ महिलालाई नियन्त्रणमा लिइएको थियो ।
प्रमुख जिल्ला अधिकारीलगायतका अधिकारीहरूले बिहान ११ः ३० बजे प्रदर्शनकारीहरूलाई सम्बोधन गरी जेन जी समूहका प्रतिनिधिहरूले विरोध पत्र बुझाएका थिए । यद्यपि, प्रशासनले प्रदर्शनको आवरणमा केही अराजक तत्त्वहरू मिसिएर भीडलाई उक्साएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुव्यवस्था कायम राख्न र कुनै पनि अप्रिय घटना हुन नदिन सबै पक्षलाई संयमता अपनाउन तथा शान्तिपूर्ण व्यवहार कायम राख्न अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण