वीरगन्जमा कर्फ्यु आदेश जारी
सोमबार, २३ भदौ २०८२, २२ : ३३
सारांश
- पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ।
- स्थानीय प्रशासन ऐनअनुसार आइतबार राति ९ बजेदेखि सोमबार बिहान ८ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
- निषेधाज्ञाले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शन गर्न रोक लगाएको छ।
वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिका भित्रका विभिन्न कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी टोपनारायण सुवेदीले आइतबार बेलुकी ९ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञा लागू हुने आदेश जारी गरेका हुन्।
आदेशअनुसार वीरगन्ज महानगरपालिका भित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा आवत-जावत, जुलुस, प्रदर्शन, सभा–बैठक तथा अन्य भिडभाडपूर्ण गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
यसअघि काठमाडौँमा जेनजी आन्दोलनका क्रममा सरकारी दमनका कारण युवाहरूको मृत्यु भएपछि आक्रोशित समूहले वीरगन्जमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका थिए । पुतला दहनसँगै टायर बालेर प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण