विद्यार्थीमाथिको बर्बर दमन लोकतन्त्रको हत्या हो: नेपाल विद्यार्थी संघ
सारांश
- नेपाल विद्यार्थी सङ्घले युवापुस्तामाथि भएको दमनको निन्दा गर्दै लोकतन्त्रको हत्या भएको जनाएको छ।
- सङ्घले प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीका जायज माग पूरा गर्नुपर्ने बताएको छ।
- सङ्घले मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गरेको छ।
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले युवापुस्ता जेनजीद्वारा आयोजित देशव्यापी प्रदर्शनका क्रममा निहत्था विद्यार्थीमाथि भएको बर्बर दमनप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।
सङ्घका अध्यक्ष दुजाङ शेर्पाले सोमबार एक विज्ञप्ति जारी गर्दै निहत्था विद्यार्थीमाथि भएको बर्बर दमन लोकतन्त्रको हत्या भएको बताएका हुन् ।
‘लोकतन्त्रमा सार्वभौम जनताले आफ्नो अधिकार प्राप्तिका लागि सडकमा उत्रिनु र आन्दोलनमा सहभागी हुनु स्वाभाविक हो। तर मानव अधिकारको न्यूनतम मूल्यमान्यता समेतबाट बेखबर सरकारको आदेशको आडमा शान्ति सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थी माथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
सङ्घले घटनाको पूर्ण जिम्मेवारी लिँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन र आन्दोलनमा हिंसा बढाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, युवा विद्यार्थीले उठाएका जायज माग पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सशक्त बनाउने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा कार्यान्वयन गर्ने, र प्रशासनिक शक्तिको दुरुपयोग गरेको गृहमन्त्री तथा प्रहरी नेतृत्वविरुद्ध छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ।
सङ्घले मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। यसै सन्दर्भमा, संवेदनशीलतालाई ध्यानमा राख्दै विद्यार्थीमैत्री शिक्षा ऐनको विरोधमा भाद्र २४ गते आयोजना गरिएको शान्तिपूर्ण विरोध कार्यक्रम स्थगित गरिएको पनि सङ्घले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण