जेनजीको मृत्यु हुनुमा सरकार पूर्ण रुपमा जिम्मेवार : श्रेष्ठ
सारांश
- एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले सरकारलाई १९ जनाको मृत्युको जिम्मेवार ठहराए।
- शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग र युवाको ज्यान लिने कार्य निन्दनीय भएको उनको भनाइ छ।
- श्रेष्ठले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु हुने गरी भएको घटनामा सरकार पूर्ण रुपमा जिम्मेवार रहेको बताएका छन्।
श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शान्तिपूर्ण आन्दोलनका क्रममा कलिला विद्यार्थीमाथि अत्यधिक बल प्रयोग हुनु दुःखद भएको बताएका छन्। शान्ति सुरक्षा कायम गर्ने अन्य वैकल्पिक उपाय हुँदाहुँदै पनि गोली प्रहार गरेर ठूलो संख्यामा युवाको ज्यान लिनु अमानवीय र निन्दनीय भएको उनको टिप्पणी छ ।
उनले भनेका छन्, 'यस दुखत घटनामा सरकार पूर्ण रुपमा जिम्मेवार देखिन्छ । विशेष गरी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुले यस दुखत घटनाको जिम्मेवारी लिनै पर्नेहुन्छ ।'
श्रेष्ठले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गर्दै जे–जीले उठाएका मागहरुलाई समयमा सम्बोधन गर्न सरकारसँग अपील गरेका छन्।
त्यस्तै, उनले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण