युवाहरूको आक्रोशको निशानामा नेताका निवास
काठमाडौँ । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका युवाहरूले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित प्रदर्शन थालेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि युवाहरूले कर्फ्युको अवज्ञा गर्दै ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास घेराउ तोडफोड र आगजनी प्रयास गरेका छन् भने सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवास आगजनी र तोडफोड गरेका छन् ।
यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास नजिकै बालकोट चोकमा पनि प्रदर्शन भइरहेको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ आसपासमा पनि प्रदर्शन भइरहेका छन् ।
हिजोमात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारी पुगिसकेका छन् । नयाँ बानेश्वर, कलंकी, कोटेश्वर, नैकाप लगयतका स्थानमा पनि प्रदर्शन भइरहेका छन् ।
जेनजीहरूले भ्रष्टाचार नियन्त्रण र नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने माग गर्दै सोमबार गरेको प्रदर्शनमा प्रहरी दमनबाट काठमाडौँ र सुनसरीमा गरी १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण