समाचार
भरतपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी
मङ्गलबार, २४ भदौ २०८२, ११ : ४०
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
कर्फ्यु लागेका क्षेत्रहरू निम्न अनुसार छन्:
- पूर्व: केन्द्रीय बस टर्मिनल
- पश्चिम: नारायणी पुल (पुलचोक)
- उत्तर: पोखरा बसपार्कदेखि विशालचोक
- दक्षिण: त्रिचोक (भरतपुर विमानस्थल पछाडिको चोक)
प्रशासनले कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तै एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन र सञ्चारकर्मीका सवारी साधनलाई भने आवतजावतमा रोक नलगाइने जनाएको छ। त्यसैगरी, हवाई टिकट भएका यात्रु, पर्यटक र कूटनीतिक नियोगका सवारी साधनलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण