अपडेट
अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा
मङ्गलबार, २४ भदौ २०८२, १३ : २६
सारांश
- अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्।
- कडरियाले विद्यार्थी राजनीति असफल भएको महसुस गर्दै राजीनामा दिएको बताए।
- उनले सरकारले आन्दोलनलाई दबाउन खोजेको र यसको नतिजा भयावह हुने आशंका व्यक्त गरे।
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन’, फेसबुकमा लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु ।’
उनले जनताको सेवामा निरन्तर लाग्ने भन्दै यतिवेला सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको प्रज्ञाभूति भएको र यसको नतिजा भयावह हुने आशङ्का गरेका छन् । ‘मेरो जीवनको सबैभन्दा कालो दिन !’अध्यक्ष कडरियाले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण