नैकापमा सशस्त्रको ट्रकमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १३ : ३८
काठमाडौँ । काठमाडौँको नैकापमा प्रदर्शनकारीहरूले ट्रकमा आगजनी गरेका छन् । सशस्त्र प्रहरी बलको ट्रकमा आगजनी गरेको घटनास्थलमा रहेका सञ्चारकर्मी रोशन दानीले रातोपाटीलाई बताए ।
निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड गरेपछि प्रदर्शनकारीहरूले घरनजिकै रहेको ट्रकमा आगजनी गरेका हुन् । सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरू त्यहाँबाट हिँडेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण