स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा
सारांश
- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्।
- मन्त्री पौडेलले फेसबुकमा आफूले छोराछोरीको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको बताए।
- उनले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिएर राजीनामा दिएको उल्लेख गरे।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले मंगलबार राजीनामा दिएका हुन् । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मन्त्री पौडेलले ‘अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेर आफू राजनीतिमा होमिएको बताउँदै आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको उल्लेख गरिरहेका छन् । ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन,’ मन्त्री पौडेलले लेखेका छन् ।
आफूले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको पदबाट राजीनामा दिएको पौडेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण