सुर्खेतमा कर्फ्यु आदेश जारी, भेला र प्रदर्शनमा रोक
सारांश
- सुर्खेतमा आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
- कर्फ्यु आदेश वीरेन्द्रनगर नगरपालिकाका केही क्षेत्रमा मंगलबार साँझबाट लागू भएको छ।
- शान्ति सुरक्षा कायम राख्न र प्रदर्शनलाई रोक्नका लागि कर्फ्यु लगाइएको हो।
सुर्खेत । सुर्खेतमा जेनजीहरुको आन्दोलनले उग्र रूप लिएसँगै कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार बेलुका ४ः ३० बजेदेखि लागू हुने गरी वीरेन्द्रनगर नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
शान्ति सुरक्षा कायम गर्न र सम्भावित प्रदर्शन तथा भेलालाई रोक्न यो आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगदीशवर उपाध्यायद्वारा जारी आदेशअनुसार, अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू हुनेछ । कर्फ्युको अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
कर्फ्यु क्षेत्र सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको रत्न राजमार्गको उत्तरतर्फका सम्पूर्ण क्षेत्र र दक्षिणतर्फ रत्न राजमार्गको ३०० मिटरभित्रको क्षेत्र तोकिएको छ ।
तोकिएको सिमानाभित्र कसैलाई पनि आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण