कैदीहरूले भाग्ने प्रयास गरेपछि वीरगन्ज कारागारमा तनाव, सेना पुगेर नियन्त्रणमा लियो
बुधबार, २५ भदौ २०८२, १० : ०१
सारांश
- वीरगन्ज कारागारमा कैदीहरूले भाग्न खोज्दा तनाव उत्पन्न भयो, सुरक्षाकर्मीले नियन्त्रणमा लिए।
- कैदीहरूले पर्खाल भत्काएर भाग्न खोज्दा सेना परिचालन गरियो, झडपमा चार कैदी घाइते भए।
- अहिले कारागार नेपाली सेनाको सुरक्षा घेरामा छ, प्रशासनले स्थिति नियन्त्रणमा रहेको जनायो।
वीरगन्ज । पर्साको वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन्। यस क्रममा सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो।

कैदीहरूले कारागारको पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि नेपाली सेनासहितको सुरक्षा निकाय परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूसँगको झडपमा चार जना कैदी गम्भीर घाइते भएका छन् । तर उनीहरूको परिचय खुलाइएको छैन।
अहिले वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण