मकवानपुरमा कर्फ्यु आदेश जारी, भेला र प्रदर्शनमा रोक
बुधबार, २५ भदौ २०८२, १० : २५
सारांश
- मकवानपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो १ बजेबाट लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ।
- प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ प्रयोग गरी अर्को आदेश नआएसम्म कर्फ्यु जारी गरेकी हुन्।
- आदेशअनुसार, जिल्लाभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि गर्न निषेध गरिएको छ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्फ्यु आदेश जारी राखेको छ । मंगबार दिउँसो १ बजेबाट लगाइएको आदेशलाई निरन्तरता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् ।
आदेशअनुसार, कर्फ्यु लागू भएको अवधिभर मकवानपुर जिल्लाभरि कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रशासनले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर जारी गरिएको उक्त आदेशको उल्लङ्घन गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण