प्रहरीले भन्यो– संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक
बुधबार, २५ भदौ २०८२, ११ : १८
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो ।
अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको प्रहरी प्रधान कार्यालयले बुधवार जनाएको हो ।
प्रहरीले यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न समेत सबैमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण