प्रहरी कार्यालयबाट लुटिएका हतियार बुझाउन सेनाको आग्रह
बुधबार, २५ भदौ २०८२, ११ : ३५
सारांश
- काठमाडौंमा प्रदर्शनको क्रममा लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ।
- सेनाले हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन आग्रह गरेको हो।
- प्रहरी र सशस्त्र प्रहरीको पोसाकको अनधिकृत प्रयोग नगर्न सेनाको आग्रह छ।
काठमाडौँ । जेनजीको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन आग्रह गरेको हो ।
त्यस्तै, प्रदर्शनको क्रममा भेटिएको प्रहरी र सशस्त्र प्रहरीको पोसाकको अनधिकृत प्रयोग नगर्न सेनाले आग्रह गरेको छ ।
हातहतियार र गोलिगठ्ठा नबुझाई हतियार र पोसाकको अनधिकृत प्रयोग गरेको भेटिएमा कारबाही हुने सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण