समाचार
अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक
बुधबार, २५ भदौ २०८२, १२ : ०४
सारांश
- जेनजी आन्दोलनका कारण असहज बनेको सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा बैठक बस्ने भयो।
- अत्यावश्यक सेवा प्रवाहका लागि मन्त्रालयका सचिवहरुको भर्चुअल बैठक बस्ने भएको छ।
- गृह मन्त्रालयका प्रवक्ताले अत्यावश्यक सेवालाई सहज बनाउन बैठक आवश्यक रहेको बताए।
काठमाडौँ । जेनजी आन्दोलनका कारण असहज बनेको सेवा सुचारु गर्ने विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक बस्ने भएको छ ।
विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणको लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
‘अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो,’ काफ्लेले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण