अलपत्र विदेशी नागरिकलाई उद्धारका लागि समन्वय गर्न आग्रह
बुधबार, २५ भदौ २०८२, १२ : १९
सारांश
- नेपाली सेनाले जटिल परिस्थितिमा अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।
- सेनाले उद्धार र सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई सहयोग गर्न अनुरोध गरेको छ।
- होटल, पर्यटन व्यवसायी र अन्य संघसंस्थाहरूलाई समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।
काठमाडौँ । नेपाली सेनाले विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परी उद्धारलगायत सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सेनाले आज सूचनामार्फत अलपत्र परेको अवस्थामा नजिक तैनाथ सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको हो ।
सूचनामा भनिएको छ, “त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुनसमेत अनुरोध छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण