बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
सारांश
- विराटनगरको बाल सुधारगृहबाट दुई सयभन्दा बढी बाल बिजाइँकर्ता बुधबार बिहान फरार भए।
- फरार भएका बाल बिजाइँकर्ताहरूले सुरक्षाकर्मीलाई लछारपछार पारेर गेटको चाबी फुटाएका थिए।
- घटनापछि सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी ६० जनालाई नियन्त्रणमा लिइयो।
विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सयभन्दा बढी बाल बिजाइँकर्ताहरू फरार भएका छन् । गृहमा रहेका कूल २ सय ५५ जनामध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार, बाल बिजाइँकर्ताहरूले गृहको मुख्य गेटको चाबी फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारपछार पार्दै भागेका थिए । सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
घटनालगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । हालसम्म फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई पुनः सुधार गृहभित्र लगिएको छ । फरार भएका बाल बिजाइँकर्ताहरूलाई स्थानीय बासिन्दाले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण