सञ्जय टकला भन्छन् - सरकारले भन्यो भने कारागार फिर्ता हुन तयार छु
सारांश
- जनकपुर बम काण्डका दोषी संजय साह (टकला) को घरमा बधाई दिनेको भीड लागेको छ।
- संजय साहले आफू जेलबाट निस्कन नचाहेको र युवाको आग्रहमा बाहिर आएको बताएका छन्।
- उनले सरकारले चाहेमा जेल फर्किन तयार रहेको र राजनीतिमा आउनेबारे साथीहरूसँग सल्लाह गर्ने बताए।
काठमाडौँ । जनकपुरको बम कण्डमा दोषी ठहर भई जेलमा रहेका संजय साह (टकला) को जनकपुरस्थित घरमा राजनीति चहलपहल बढेको छ ।
उनलाई बधाई दिन शुभचिन्तकहरू घरमै पुगेका छन् । अहिले उनी कुनै पार्टीमा आबद्ध छैनन् । राजनीतिक दलकै नेताजस्तो उनलाई जनकपुरमा सम्मान मिलिरहेको छ ।
उनले आफू जेलबाट निस्कन नचाहेको तर युवाले जबर्जस्ती निकालेको बताएका छन् । भने, ‘मेरो जेल भुक्तानीको समय पूरा हुन लागेको थियो, २–४ महिनामा म निस्कने नै थिएँ, मलाई कुनै हतार थिएन ।'
यद्यपि सरकारले आफूलाई जेल फर्किन भन्यो भने तयार रहेको उनले बताएका छन् । आफू जेलबाट भागेर नआएको पनि उनले दाबी गरे । 'जेनजीका युवा तथा त्यहाँका प्रशासनले जानुस् भनेपछि आएको हुँ,' उनले भनेका छन् ।
आफू राजनीति प्राणी भएकाले राजनीति नै गर्ने तर अहिल्यै भने नगर्ने उनले बताएका छन् । 'साथीभाइहरूसँग सल्लाह गरेर मात्र राजनीतिबारे सल्लाह लिन्छु,' उनले भने, 'म राजनीतिमा आएँ भने सेवाभावले मात्र आउँछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण