बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संवैधानिक, राजनीतिक माध्यमबाट निकास दिऔँ : पापड

बुधबार, २५ भदौ २०८२, २० : ५३
बुधबार, २५ भदौ २०८२

सारांश

  • पापडले जेनजीको प्रदर्शनपछिको समस्यालाई संवैधानिक, राजनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।
  • पापडले मुलुक तरल अवस्थामा पुगेको र राजनीतिक निकासको अन्योलता रहेको बताएको छ।
  • पापडले जेनजी पुस्ताको आन्दोलनबाट उत्पन्न विषम परिस्थितिलाई शान्तिपूर्ण समाधानको माध्यमबाट सुल्झाउनुपर्ने बताएको छ।

काठमाडौँ । शान्ती र लोकतन्त्रका लागि पेशागत सञ्जाल(पापड)ले जेनजीको प्रदर्शनपछि उत्पन्न समस्यालाई संवैधानिक,राजनीतिक माध्यमबाट निकास दिनुपर्नेमा जोड दिएको छ ।

बुधबार अपिल जारी गर्दै पापडले यस्तो बताएको हो । अपिलमा भनिएकाे छ,'अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ ।यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिँदैन । तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकास निकालिनु पर्दछ ।'

पापडले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै यसलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सुदृढ गर्दै लैजानुको विकल्प नभएको समेत बताएको छ ।  

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्व स्वीकार्य लोकतान्त्रिक प्रक्रिया मार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नुपर्छ भन्ने विषयमा विश्वस्त रहेको समेत अपिलमा उल्लेख गरिएको छ ।  

गत साेमबार र मंगलबार जेनजी पुस्ताले गरेकाे प्रदर्शनबाट देशले ठुलाे जनधनकाे क्षति व्यहाेरेकाे छ । 

545442087_1091655689797057_3594153305498197438_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप