राजविराज कारागारबाट भागेका ३४ कैदीबन्दी एक घन्टामै पक्राउ
बुधबार, २५ भदौ २०८२, २१ : ३०
राजविराज (सप्तरी) । राजविराजस्थित जिल्ला कारागारबाट फरारमध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।
प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले २०५ कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टाभित्रै पक्राउ गरिएको जानकारी दिए । अन्य फरार कैदीबन्दी भारततर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास तीव्र पारिएको उनले बताए । कारागारभित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर कैदीबन्दी भागेका थिए ।
प्रहरीका अनुसार फरारमध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागारभित्रका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दीले मुल ढोकाको ताल्चा फुटाएका थिए ।
कारागारमा पुरुष कैदीबन्दीका ‘ए’ र ‘बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै गरी कुल तीन ब्लकमा ३९५ कैदीबन्दी थिए । जसमा २३ महिला छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण