महोत्तरी कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अल्टिमेटम
बुधबार, २५ भदौ २०८२, २१ : ५१
काठमाडौँ । मंगलबार बेलुका कारागार कार्यालय महोत्तरीबाट भागेका कैदीबन्दीलाई २४ घण्टाभित्र फर्कन कारागार प्रशासनले बुधबार अल्टिमेटम दिएको छ ।
कारागार प्रशासनका अनुसार मंगलबार बेलुका करिब ७ बजेतिर कारगारमा अप्रत्यासित रूपमा भागमभाग मच्चिँदा एक जनाबाहेक सम्पूर्ण कैदीबन्दी भागेका थिए ।
महोत्तरी कारागारमा ५७७ कैदीबन्दी रहेकोमा ५६७ जना भागेका थिए । एक जना भने जिल्ला प्रहरी कार्यालयको निगरानीमै बसेका थिए ।
भागेका कैदीबन्दीलाई स्वेच्छाले २४ घण्टाभित्र कारागार कार्यालय महोत्तरीमा फर्किन कारागार प्रशासनले आह्वान गरेको हो । ‘स्वेच्छाले कैदीबन्दीहरू कारागार प्रशासनमा नफर्केमा कानुन बमोजिम सजायको व्यवस्थासमेत हुने जानकारी सबैमा अनुरोध गर्दछ,’ कारागार प्रशासनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण