गभर्नर पौडेल लेख्छन्, 'मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्'
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्नो घरमा आक्रमण भएको गुनासो गरेका छन्।
- उनले चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै आमामाथिको आक्रमणबारे बताए।
- पौडेलले आफूले कसैसँग एक रुपैयाँ नलिएको र रिस आमाबुवा बस्ने घरमा पोखिएको बताए।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले कसैसँग एक रूपैयाँ नलिए पनि आफूमाथिको रिस आफ्नो आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन् ।
चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै पौडेलले कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा पहिलो आक्रमण गरिएको बताए ।
'यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थेँ,' पौडेल लेख्छन्, 'अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो। ६७ वर्ष अघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन् ।'
पौडेलले आफूले जिन्दगीमा कसैसँग एक रुपैयाँ नमागेको समेत बताए । 'चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ । म भने नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ।' उनले यो घर आफू विद्यार्थी हुँदा १५ वर्ष अघि नै बनाइएको समेत प्रष्ट पारे ।
पौडेल भन्छन्,'मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण