विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक छ : मुख्यमन्त्री पाण्डे
बिहीबार, २६ भदौ २०८२, १० : २२
सारांश
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताए।
- उनले संवाद, एकता र संयमको बाटो नै मुलुकको लागि एकमात्र विकल्प रहेको बताए।
- मुख्यमन्त्री पाण्डेले राष्ट्रपति रामचन्द्र पौडेलको संवाद पहलको स्वागत गर्दै सबैको सहकार्य आवश्यक रहेको बताए।
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । '
राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहल स्वागतयोग्य रहेको भन्दै उनले यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको बताए ।
युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण