अराजकता रोक्न रौतहटको कटहरियामा सर्वपक्षीय समिति गठन
सारांश
- कटहरिया बजारमा शान्ति सुरक्षा कायम गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।
- समितिले प्रहरीसँग समन्वय गरी बजारमा शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ।
- जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखले गस्ती बढाउने प्रतिबद्धता जनाएका छन्।
रौतहट । कटहरिया बजारमा शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय ११ सदस्यीय समिति गठन गरिएको छ । रौतहटका विभिन्न स्थानमा जारी निषेधाज्ञा र कर्फ्यूको समयमा अशान्ति र लुटपाट मच्चाउने तत्व सक्रिय हुनसक्ने आशंका गर्दै स्थानीय समाजसेवी, युवा, व्यापारी, पत्रकार र प्रशासन प्रतिनिधिहरूबिचको बैठकले समिति बनाउने निर्णय गरेको हो ।
बैठकले पूर्वप्रदेश सांसद कुन्दन कुशवाहा, पूर्वमेयर सियाराम कुशवाहा, व्यवसायी योगेन्द्र साह, पत्रकार सञ्जय मिश्रा, नसरुदिन अन्सारी, सर्फलाल गुप्ता, रामेश्वर साह कानु, रामाप्रवेश साह, कामेश्वर साह, अच्छेलाल साह र प्रकाश श्रेष्ठ सहितको ११ सदस्यीय मूल समिति गठन गरेको छ ।
समितिले प्रहरीसँग समन्वय गर्दै कटहरिया बजार तथा आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, युवाहरूलाई संगठित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर देश सामान्य अवस्थामा फर्किने बेलासम्म प्रत्येक रात्रिगस्ती र जाग्राम गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अपिल गर्दै गस्ती तीव्र पार्ने र स्थानीयलाई सचेत गराउने प्रतिबद्धता जनाएका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले यस पहलको खुलेर प्रशंसा गर्दै नागरिक तहबाट आएको सहयोग सुरक्षा निकायका लागि ठुलो टेवा हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण