वीरगन्जमा कर्फ्यु खुकुलो, ६ घन्टा निषेधाज्ञा, १८ घन्टा कर्फ्यु लागू
सारांश
- पर्सा जिल्लामा लगाइएको कर्फ्यु खुकुलो पारिएको छ, जसले गर्दा दैनिक ६ घण्टा निषेधाज्ञा र १८ घण्टा कर्फ्यु लागू हुनेछ।
- प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आदेश जारी गरेका छन्।
- कर्फ्यु बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म रहनेछ भने निषेधाज्ञा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म लागू हुनेछ।
वीरगन्ज । पर्सा जिल्लामा जारी कर्फ्यु खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले दैनिक ६ घण्टा निषेधाज्ञा र १८ घण्टा कर्फ्यु लागू हुने व्यवस्था गरेको हो।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम आदेश लागू गरिएको जानकारी दिएका छन्।
अनुसार, कर्फ्यु बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म रहनेछ। त्यस्तै निषेधाज्ञा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म लागू हुनेछ।
आदेश पूर्वमा बाईपास रोडदेखि पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू हुने प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन, पर्यटक, विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने गाडी र हवाई टिकट भएका यात्रुलाई आवतजावतको अनुमति दिइनेछ।
निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामान खरिद–बिक्री तथा सामान्य आवतजावत गर्न पाइने भए पनि ५ जना वा सोभन्दा बढी भेला, सभा, जुलुस र प्रदर्शन गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण