बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता

बिहीबार, २६ भदौ २०८२, १५ : २१
बिहीबार, २६ भदौ २०८२

सारांश

  • अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा फिर्ता लिएका छन्।
  • आन्दोलनका क्रममा भएको घटना र धम्कीका कारण राजीनामा दिन बाध्य भएको उनले बताए।
  • कडरियाले आफूमाथि शारीरिक हातपात र हत्या प्रयास भएको दाबी गर्दै एकताको आवश्यकता औंल्याए।

काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा फिर्ता लिएका छन्। 

‘जेनजी’ आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहार र त्यसपछि आफ्नै घरमा हातहतियारसहित आक्रमण भएको घटनाले आफू विक्षिप्त बनेको उल्लेख गर्दै उनले त्यसबेला सामाजिक सञ्जालमार्फत लेखिएको राजीनामा दबाबकै कारण भएको प्रष्ट पारेका छन्।

'त्यसबेला जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य बनाइयो। सायद त्यस्तो पोस्ट नगरिएको भए म आज जिउँदो हुने थिइन,' कडरियाले बिहीबार फेसबुकमार्फत भने, 'तर प्रष्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन।'

उनले घटनाको क्रममा शारीरिक हातपात भएको र आफ्नो हत्या गर्ने प्रयाससमेत भएको दाबी गरेका छन्।
देश गम्भीर परिस्थितिमा रहेको भन्दै अध्यक्ष कडरियाले अहिले आपसी दोषारोपणभन्दा एकताको आवश्यकता औंल्याएका छन्। 

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप