कारागारबाट भागेका कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरीको आह्वान
काठमाडौँ । नेपाल प्रहरीले कैदीबन्दी र अभियुक्तहरुलाई सम्बन्धित सुरक्षा निकायमा तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा हिंसा र आगजनी घटना हुँदा देशभरका कारागारबाट थुप्रै संख्यामा कैदीबन्दी भागेका थिए ।
बिहीबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी कार्यालय तथा कारागारमा तोडफोड र आगजनीपछि भागेका सबै कैदीबन्दीलाई सुरक्षा निकायमा सम्पर्कमा आउन आह्वान गरेको हो ।
‘यही मिति २०८२ साल भाद्र २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरु तथा कारागार कार्यालयहरुमा भएको तोडफोड, आगजनीपश्चात् अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरु र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदी बन्दीहरु भागी निस्केकाले त्यस्ता अभियुक्त र कैदी बन्दीहरुलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरु वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरुमा समेत यथाशीघ्र सम्पर्कमा आउनु हुन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।
प्रहरीले फरार रहेका सबै अभियुक्त तथा कैदीबन्दीलाई कुनै पनि थप कारबाहीबाट बच्न र अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण